स्वास्थ्यमन्त्री निशा मेहता बाढी प्रभावित क्षेत्रमा
swasthyakhabar.com · Wed Sep 02 10:05:00 GMT 2026

काठमाडौं - भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा क्षतिग्रस्त क्षेत्रको स्वास्थ्य सेवाको अवस्था, स्थानीय नागरिकका स्वास्थ्य आवश्यकता तथा सम्भावित स्वास्थ्य जोखिमको स्थलगत अवलोकन गर्न माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीज निशा मेहताले आज नुवाकोटको विदुर आसपासका विभिन्न क्षेत्रको अनुगमन गरेकी छिन्।
अनुगमनका क्रममा विदुर नगरपालिका–१ स्थित त्रिशूली सेफ हाउस तथा क्रियापुत्री भवन, बाढीबाट प्रभावित त्रिशूली बजार तथा नदी आसपासका क्षेत्र, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, नुवाकोट तल्लो पिपलटार तथा चन्द्रज्योति माध्यमिक विद्यालय लगायतका सेल्टर पुगेर अवस्थाको जानकारी लिएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)