मधेसका मुख्यमन्त्री,मन्त्रीसहित कर्मचारीहरूकाे एक दिनको तलब विपद् व्यवस्थापन कोषमा
ratopati.com · Wed Aug 26 16:02:16 GMT 2026

जनकपुरधाम । भोटेकोसी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मधेस प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीलगायत सम्पूर्ण पदाधिकारी र कर्मचारीको एक दिन बराबरको तलब केन्द्रीय विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
मधेस प्रदेश सरकारको २०८३ साल भदौ १० गते बसेको बैठकले बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त निर्णय गरेको हो। विपद्को समयमा राज्यका पदाधिकारी तथा कर्मचारीले समेत आर्थिक सहयोगमार्फत प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउने गरी प्रदेश सरकारले यस्तो निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)