रसुवा बाढीः त्रिभुवन विश्वविद्यालयका स्नातकोत्तर तहका भोलिका परीक्षा स्थगित
clickmandu.com · Wed Aug 26 16:02:54 GMT 2026

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भोलि भदौ ११ गतेका लागि तय गरिएका स्नातकोत्तर तहका विभिन्न कार्यक्रमहरूको नियमित परीक्षाहरू स्थगित गरेको छ । व्यवस्थापन संकायको डीनको कार्यालयले एक जरुरी सूचना प्रकाशित गर्दै भोटेकोसी नदीमा आएको बाढीका कारण उत्पन्न प्राकृतिक विपत्ति र असहज परिस्थितिलाई मध्यनजर गर्दै परीक्षा स्थगित गर्ने निर्णय गरेको जानकारी दिएको हो ।
सूचना अनुसार स्नातकोत्तर तह अन्तर्गतका एमबीएस, एमपीए लगायतका कार्यक्रमको तेस्रो सत्रको नियमित परीक्षा – २०२६ अन्तर्गत भदौ ११ गतेका लागि निर्धारित विषयहरूको मात्र परीक्षा स्थगित गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)