भोटेकोशीको त्रासले बितेको दिन
nagariknews.nagariknetwork.com · Wed Aug 26 15:42:36 GMT 2026

बुधबार नेपालीका लागि एउटा यस्तो कालो दिन बन्यो, जसमा दिनभर मोबाइलका स्क्रिन, टेलिभिजनका पर्दा, रेडियोका आवाज र सामाजिक सञ्जालका सूचनाले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीको भयावह तस्बिर देखाइरहे। समाचारसँगै आशा र निराशा, उद्धारको प्रतीक्षा र आफन्तको खोजीमा छटपटाइरहेका परिवारको पीडा पनि निरन्तर सार्वजनिक भइरह्यो।
भोटेकोशीको भेलले बस्ती, सडक, पुल र संरचना मात्रै बगाएन, धेरै परिवारको आशा र भरोसामाथि पनि प्रहार गर्यो। बुधबार राति ९ बजेसम्म ९५ जनाको शव फेला परेको विवरणले विपत्तिको गम्भीरता देखाएको छ। तर ती शवको पहिचान हुन बाँकी छ। अझै ८५ जना सुरक्षाकर्मी, ३८४ जना पर्यटक र ६० जना जलविद्युत् आयोजनाका कर्मचारी सम्पर्कविहीन छन्। अर्थात्, खोजी र उद्धारको प्रतीक्षा अझै सकिएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)