कक्षा १२ को रिजल्टमा भएको लापरबाहीको एउटा उदाहरण- अरू विषयमा ए-प्लस, एउटामा 'गयल'
setopati.com · Sun Jul 12 11:31:00 GMT 2026

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेदेखि १८ वर्षीय सुलोक गुरूङको जीवनको लय खलबलिएको छ।
भरतपुर–७, चितवनका सुलोक अंकुरम एकेडेमीका जेहेन्दार विद्यार्थी हुन्। असार ५ गते सार्वजनिक कक्षा १२ को नतिजामा कम्प्युटर विज्ञान छाडेर अरू सबै विषयमा उनले 'ए प्लस' ल्याएका छन्। कम्प्युटर विज्ञानको प्रयोगात्मक परीक्षामा पनि विद्यालयले उनलाई पूरा अंक दिएको छ। तर जब उनको आँखा त्यही विषयको सैद्धान्तिकतर्फ जान्छ, उनी छक्क पर्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)