कांग्रेस नेता आनन्द बिष्टद्वारा विपद् राहत कोषमा एक लाख रुपैयाँ सहयोग
nepalsamaya.com · Wed Aug 26 16:25:44 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति अमेरिकाका निवर्तमान सभापति आनन्द बिष्टले पार्टीको 'केन्द्रीय विपद् राहत कोष'मा एक लाख रुपैयाँ सहयोग जम्मा गरेका छन्। रसुवाको लेन्दे खोला हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका लागि उनले उक्त रकम सहयोग गरेका हुन्।
बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेता बिष्टले प्राकृतिक विपद्को कठिन घडीमा पीडितहरूलाई सहयोग गर्नु सबैको नैतिक तथा सामाजिक दायित्व भएको बताएका छन्। सोही दायित्व बोध गर्दै आफूले कांग्रेसद्वारा सञ्चालित राहत कोषमा एक लाख रुपैयाँ जम्मा गरेको उनले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)