प्रभावित जिल्लाहरूमा शीघ्र मनोसामाजिक परामर्श सेवा सञ्चालन गरिने
ratopati.com · Wed Aug 26 16:30:52 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आज बिहान आएको भीषण बाढीका कारण सिर्जित विपद्जन्य स्थितिलाई ध्यानमा राख्दै स्वास्थ्य सेवा विभागले उच्च सतर्कताका साथ स्वास्थ्य प्रतिकार्य सुरु गरेको छ।
विभागका महानिर्देशकको अध्यक्षतामा बसेको सङ्घीय द्रुत प्रतिकार्य समितिको बैठकले बाढी प्रभावित क्षेत्रको समग्र अवस्था समीक्षा गर्दै तत्काल आवश्यक कदम चालेको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको निर्देशनअनुसार विभागले सङ्घीय द्रुत प्रतिकार्य संयन्त्रलाई सक्रिय बनाउँदै प्रभावित नागरिकको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)