१४ भन्दा बढी स्थानीय तह बाढीबाट प्रभावित: खोजी, उद्धार र राहतका लागि विवरण भर्न आह्वान
ratopati.com · Wed Aug 26 16:33:26 GMT 2026

काठमाडौँ । नेपाल-चीन सीमा भई बग्ने भोटेकोशी नदीमा बुधबार आएको लेदोसहितको भीषण बाढीले ठुलो क्षति पुर्याएको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनसहितका जिल्लाका १४ भन्दा बढी स्थानीय तह प्रभावित बनेका छन्।
प्राधिकरणका उपसचिव तथा प्रवक्ता शान्ति महतद्वारा जारी सूचना अनुसार प्रभावित मानिसहरूको खोज, उद्धार तथा राहत व्यवस्थापनको सन्दर्भमा सूचना तथा जानकारी उपलब्ध गराई सहयोग पुर्याउन आग्रह गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)