अन्डाको उत्पादन घट्यो, मूल्य बढ्यो
nepalnews.com · Sun May 17 15:33:38 GMT 2026

चितवन। गर्मी मौसमसँगै अन्डाको उत्पादन घट्दा मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले आज (आइतबार) अन्डाको समर्थन मूल्य बढाएको हो। संघका अनुसार ठूलो अन्डा ५१५ प्रतिक्रेट (३० वटा) र मध्यमको रु ४८५ फार्मदर कायम गरिएको छ।
संघका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रतिगोटा २५ रुपैयाँ कायम गरिएको छ। यसअघि ठूलो अन्डा ४८५ र मध्यम अन्डा ४३५ रुपैयाँ कायम गरिएको उनले बताए। नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले दुईदिने बिदाले पर्यटक बढ्दा खपत बढ्नुका साथै गर्मीका कारण अन्डा उत्पादन घटेकाले माग बढ्न गई मूल्य बढेको बताए। उनले भने, “किसान कुखुरापालन पेसाबाट पलायन हुँदा जनशक्तिको अभाव छ। कुखुरामा विभिन्न रोग लागेर मरेका छन्। जसले अन्डाको उत्पादन घटेको छ।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)