घाइतेको उद्धारका लागि काठमाडौँ महानगरद्वारा ६ एम्बुलेन्स परिचालन
reportersnepal.com · Wed Aug 26 17:17:22 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोटेकोशी बाढीका कारण घाइते भएका बिरामीलाई तत्काल अस्पताल पुर्याउन ‘इमर्जेन्सी मेडिकल टेक्निसियन’सहित ६ वटा एम्बुलेन्स परिचालन गरेको छ ।
महानगरपालिकाले नेपाल एम्बुलेन्स सेवासँगको सहकार्यमा उक्त एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । परिचालन गरिएकामध्ये चार वटा एम्बुलेन्स नुवाकोटको विदुर नगरपालिकामा परिचालन गरिएको महानगरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)