बाढी प्रभावितको उद्धार रातभर जारी रहने थप ६५६ फौज तयारी अवस्थामा
baahrakhari.com · Wed Aug 26 17:34:23 GMT 2026

काठमाडौं । नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पीडितको उद्धार र खोज जारी राख्ने भएको छ ।
बाढीबाट प्रभावितको सङ्ख्या अत्यधिक रहेको र उद्धारका लागि चौतर्फी अपिल भइरहेको सन्दर्भमा नेपाली सेनाले उद्धार तथा खोज कार्यलाई रातभर जारी राख्ने भएको जनाएको छ । सेनाका अनुसार आज रातभर ‘११ एक्स टिम’बाट स्थल उद्धार जारी रहने छ । साथै बिहीबार बिहान टिमुरे माथि रहेको ठूलो सङ्ख्यालाई हवाई उद्धार गरिनेछ भने विभिन्न सुरुङमा अड्किएका व्यक्तिको उद्धारको प्रयास जारी रहने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)