रसुवा बाढी अपडेट : मृतकको सङ्ख्या १५७ पुग्यो
ratopati.com · Wed Aug 26 17:39:47 GMT 2026

काठमाडौँ । रसुवा जिल्लामा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १५७ पुगेको छ । प्रहरी प्रधान कार्यालयले बुधबार राति ११ः०५ बजे सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरण अनुसार बाढी र पहिरोमा परी विभिन्न जिल्लामा हालसम्म १५७ वटा शव फेला परेका हुन् । फेला परेका शवहरूमध्ये सबैभन्दा धेरै चितवनमा ६४ जना रहेका छन् भने धादिङमा २७, नवलपरासी पूर्वमा २२, गोरखामा १९, नुवाकोटमा १३, तनहुँमा ९ र रसुवामा ३ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)