बाढी प्रभावितको उद्धार रातभर जारी रहन्छ : नेपाली सेना
gorkhapatraonline.com · Wed Aug 26 17:39:16 GMT 2026

नेपाली सेनाले आज रातभर रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पीडितको उद्धार र खोज जारी राख्ने भएको छ । बाढीबाट प्रभावितको सङ्ख्या अत्यधिक रहेको र उद्धारका लागि चौतर्फी अपिल भइरहेको सन्दर्भमा नेपाली सेनाले उद्धार तथा खोज कार्यलाई रातभर जारी राख्ने भएको जनाएको छ।
सेनाका अनुसार आज रातभर ‘११ एक्स टिम’ बाट जमिनी उद्धार जारी रहनेछ । साथै बिहीबार बिहान टिमुरेमाथि रहेको ठुलो सङ्ख्यालाई हवाई उद्धार गरिनेछ । विभिन्न सुरुङमा अड्किएका व्यक्तिको उद्धारको प्रयास जारी रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)