बाढीका कारण त्रिविको व्यवस्थापन संकायको परीक्षा स्थगित
baahrakhari.com · Wed Aug 26 17:49:50 GMT 2026

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका विभिन्न कार्यक्रमको नियमित परीक्षा भोटेकोशीमा आएको बाढीका कारण स्थगित गरिएको छ ।
व्यवस्थापन संकाय, डिनको कार्यालयले बुधबार जारी गरेको सूचनाअनुसार एमबिएस, एमपिए, एमबिए–एफ, एमबिए–सिएल, एमबिए–एम, एमबिएम, एमएचएम, एमटिटिएम र एमएटिएस कार्यक्रमअन्तर्गत भदौ ११ गतेका लागि निर्धारित परीक्षा स्थगित गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)