खोज तथा उद्धारमा समन्वय गर्न प्रहरी हेडक्वार्टरले खटायो दुई डीआईजी
ratopati.com · Wed Aug 26 17:56:16 GMT 2026

काठमाडौँ । रसुवा स्थित भोटेकोशीमा आएको बाढीका कारण भएकाहरूको खोज तथा उद्धारमा समन्वय गर्न प्रहरी हेडक्वार्टरले दुईजना डीआईजी सहितको टिम परिचालन गरेको छ । उद्धार तथा खोजमा समन्वय गर्न प्रहरी नायव महानिरीक्षक सहितको विभिन्न टोली परिचालन गरिएको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले बताए । प्रहरी हेडक्वार्टरले डीआईजीद्वय सुदर्शन कोइराला र ओम रानालाई खोज तथा उद्धार समन्वयमा परिचालन गरेको हो ।
प्रभावित क्षेत्रमा उद्धार कार्य तथा खोजीका लागी मुचुल्का लेखन तथा कानुनी सहायताको लागी डीआईजी सुदर्शन कोइराला खटिएका छन् । उनले प्रधान कार्यालयमा बेस बनाएर काम गर्नेछन् । काठमाडौँ उपत्यकाका अस्पतालहरूमा समन्वय गर्ने गरी शिक्षण अस्पताल महाराजगंजमा कमाण्ड पोष्टमा बनाएर डीआईवी ओम रानाले काम गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)