चीनको बढ्दो सुरक्षा चासो र दलाई लामाको जन्मोत्सव [भिडियाे]
kendrabindu.com · Sun Jul 12 13:21:38 GMT 2026

काठमाडाैं । नेपाल–चीन सम्बन्धमा तिब्बती शरणार्थी र दलाई लामासम्बन्धी गतिविधि लामो समयदेखि संवेदनशील विषयका रूपमा रहँदै आएको छ। सन् १९६० को दशकदेखि नै चीनले नेपाललाई आफ्नो एक चीन नीति प्रति प्रतिबद्ध रहन आग्रह गर्दै आएको छ । चीनको दृष्टिमा नेपाल केवल छिमेकी मुलुक मात्र नभई तिब्बतसँग जोडिएको महत्वपूर्ण सुरक्षा क्षेत्र पनि हो। यही कारणले नेपालभित्र हुने तिब्बती शरणार्थीका गतिविधि, दलाई लामासँग सम्बन्धित कार्यक्रम तथा चीनविरोधी मानिने कुनै पनि गतिविधिलाई बेइजिङले राष्ट्रिय सुरक्षा र सार्वभौमिकतासँग जोडेर हेर्ने गरेको छ।
पछिल्ला केही वर्षमा चीनले नेपालप्रति सुरक्षा चासो अझ बढाएको देखिन्छ। पछिल्लोपटक दलाई लामाको जन्मोत्सव सार्वजनिक रुपमा मनाइएको विषयले कूटनीतिक तरंग तातेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)