पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह
nepalsamaya.com · Sun Jul 12 13:32:55 GMT 2026

कास्की। कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका कारण बाढी आएको छ। आज बिहानैदेखि भारी वर्षा भइरहेकाले कास्कीको अन्नपूर्ण गाउँपालिका–११ किम्रुङमा बाढी आउनुका साथै वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा मोदीखोलाको बहाव अत्यधिक बढेको हो।
बाढीले कास्की क्षेत्रका विभिन्न स्थानमा क्षतिसमेत पुर्याएको छ। मोदीखोलामा दिउँसो ३ः०० बजेदेखि पानीको सतह बढेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्वत, मोदी गाउँपालिकाले तटीय क्षेत्रमा रहेका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)