रसुवा बाढी: बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार गरिने, गम्भीर घाइतेलाई काठमाडौँ ल्याइने
ratopati.com · Wed Aug 26 18:22:26 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकहरूको बिहीबार बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बुधबार राति अबेर सम्पन्न बैठकले प्रभावित क्षेत्रमा अलपत्र परेका र जोखिममा रहेकाहरूको शीघ्र उद्धारका लागि हवाई साधन परिचालन गर्ने निर्णय गरेको हो ।
प्राधिकरणको निर्णयअनुसार प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइतेहरूलाई सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिएका क्याम्पहरूमा उपचार गरिनेछ । घाइतेहरूको अवस्थालाई प्राथमिकीकरण गरी गम्भीर प्रकृतिका बिरामीहरूलाई भने तत्काल उद्धार गरी थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी गरिएको छ । उद्धार कार्यलाई व्यवस्थित बनाउन घाइतेको स्वास्थ्य अवस्था हेरी सोही बमोजिम वर्गीकरण गरेर उपचार र ढुवानी प्रक्रिया अघि बढाइने प्राधिकरणले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)