सिरहामा खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु
shilapatra.com · Sun Jul 12 13:54:47 GMT 2026

सिरहाको गोलबजार नगरपालिका–७ स्थित पुरानो चौक चोहर्वामा रहेको पशु हाटबजार परिसरको खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा स्थानीय अवास शेषका १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र सात वर्षीय छोरा साइफुल शेष रहेको प्रहरीले जनाएको छ ।
रौतहटको जिगरवा स्थायी घर भई लामो समयदेखि गोलबजारमा बस्दै आएका शेषका छोरीछोरी पशु हाटबजार परिसरमा रहेको खाल्डोमा पानीमा नुहाउने क्रमममा डुबेर मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)