बाढी प्रभावितका लागि भारतद्वारा १० टन राहत सहयोग
ratopati.com · Wed Aug 26 18:47:59 GMT 2026

काठमाडौँ । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको सहयोगका लागि भारत सरकारले पहिलो चरणमा १० टन अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त राहत सामग्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेललाई हस्तान्तरण गरेका हुन् ।
यो सहयोगले बाढीपछिको उद्धार र प्रतिकार्यमा नेपाललाई ठुलो टेवा पुग्ने विश्वास गरिएको छ । विनाशकारी बाढीपछि नेपालले गरिरहेको उद्धार र राहतको प्रयासमा सहयोग पुर्याउन भारतले उक्त सामग्री उपलब्ध गराएको उनले समाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)