पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह
ratopati.com · Sun Jul 12 14:09:23 GMT 2026

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षापछि बाढी आएको छ। आज बिहानदेखि निरन्तर वर्षा भइरहँदा कास्कीको अन्नपूर्ण गाउँपालिका–११ किम्रुङमा बाढी आएको हो। वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाँदा मोदीखोलाको बहाव पनि अत्यधिक बढेको छ।
बाढीले कास्कीका विभिन्न स्थानमा क्षति पुर्याएको छ। दिउँसो ३ बजेदेखि मोदीखोलामा पानीको सतह बढेपछि जिल्ला प्रशासन कार्यालय पर्वत र मोदी गाउँपालिकाले तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)