बाढी प्रभावितको सहयोगका लागि एक्स्ट्रीम इनर्जी ड्रिंक्सद्वारा १ करोड रुपैयाँ सहयोगको घोषणा
ratopati.com · Wed Aug 26 19:03:24 GMT 2026

काठमाडौँ । रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार आएको भीषण आकस्मिक बाढीका कारण देशका विभिन्न स्थानमा पुगेको क्षतिप्रति सहयोग पुर्याउन एक्स्ट्रीम इनर्जी ड्रिंक्सले १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
विपद्को यस कठिन घडीमा प्रभावित परिवार तथा नागरिकहरूको पीडा न्यूनीकरण गर्न र सरकारले सञ्चालन गरिरहेको उद्धार तथा राहत कार्यमा ऐक्यबद्धता जनाउन कम्पनीले उक्त सहयोगको हात बढाएको जनाएको छ । कम्पनीले बाढी–पहिरो प्रभावित नागरिकहरूप्रति गहिरो संवेदना व्यक्त गर्दै दिवंगतहरूप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)