सरकार–काठमाडौं महानगर र पीडित परिवारबीच ९ बुँदे सहमति, गणेश नेपालीका परिवारलाई राहतदेखि छानबिनसम्मका निर्णय
kalakarmi.com · Sun Jul 12 14:26:47 GMT 2026

काठमाडौं– वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा असामयिक निधन भएका सुगम गाउँपालिका–१, जवलधाराका २५ वर्षीय गणेश नेपालीप्रति नेपाल सरकार र काठमाडौं महानगरपालिकाले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरिएको छ ।
गणेश नेपालीको निधनपछि परिवारलाई राहत, आश्रित छोरीको शिक्षा, श्रीमतीलाई रोजगारी तथा घटनाको निष्पक्ष छानबिनलगायतका विषयमा नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच काठमाडौंका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा आइतबार ९ बुँदे सहमति भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)