सुकुमवासीको याचना : पैसा होइन, बास चाहियो
onlinekhabar.com · Sun Jul 12 14:23:54 GMT 2026

२८ असार, काठमाडौं । ‘सुकुमवासी बस्तीमा सरकार छिर्यो । होल्डिङ सेन्टरमा पानी पस्यो । अब यहाँबाट फेरि कहाँ सार्ने हो थाहा छैन,’ शनिबार राति १ बजे कीर्तिपुरको होल्डिङ सेन्टरबाट भक्तपुर खरिपाटीको होल्डिङ सेन्टरमा पुगेकी सुकुमवासी मेनुका गुरुङले गुनासो गरिन् ।
लगातार परेको पानीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि ओत लाग्न उनी भक्तपुर पुगेकी हुन् । ‘यता डुबान भयो अनि उहाँहरूले उद्धार गरेर ल्याउनु भयो,’ उनले भनिन्, ‘यहाँ आउने इच्छा थिएन ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)