भोटेकोशी बाढीले बगाएका नौ शव तनहुँमा भेटिए
ratopati.com · Wed Aug 26 19:28:44 GMT 2026

दमौली । रसुवामा बुधबार आएको बाढीले बगाएर ल्याएका नौ वटा शव तनहुँमा फेला परेका छन् । तीमध्ये केही शव क्षतविक्षत अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार अहिलेसम्म रसुवा बाढीले बगाएर ल्याएका ९ वटा शव भेटिएका छन् । बाढीबाट तनहुँमा अन्य क्षति भएको विवरण भने हालसम्म प्राप्त नभएको उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)