भोटेकोशी बाढीप्रति क्यानडाद्वारा दुःख व्यक्त, सहयोगका लागि तयार रहेको प्रतिबद्धता
ratopati.com · Wed Aug 26 19:25:33 GMT 2026

काठमाडौँ । नेपालको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति क्यानडाले गहिरो दुःख व्यक्त गरेको छ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै बाढीका कारण संकटमा परेका, आफ्ना प्रियजन गुमाएका र अझै पनि जवाफको प्रतीक्षामा रहेका (बेपत्ताका परिवार) हरूप्रति सहानुभूति प्रकट गरेका हुन् ।
कार्नीका अनुसार क्यानडा सरकारले नेपालको पछिल्लो परिस्थितिलाई नजिकबाट नियालिरहेको छ । उनले बाढी प्रभावित क्षेत्रमा रहेका सम्पूर्ण क्यानेडियन नागरिकहरूलाई यथासक्य चाँडो ‘आरओसीए’ प्रणालीमा दर्ता हुन समेत आग्रह गरेका छन् । नेपालमा उद्धार कार्य जारी रहँदा क्यानडा सरकार आवश्यक सहयोग उपलब्ध गराउन तयार रहेको प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)