काठमाडौँसहित बागमतीका पाँच जिल्लामा वर्षा जारी, सतर्कता अपनाउन अनुरोध
ratopati.com · Wed Aug 26 19:50:48 GMT 2026

काठमाडौँ । मौसम विभागका अनुसार भू–उपग्रहका पछिल्लो तस्बिरहरूको विश्लेषण अनुसार बागमती प्रदेशका विभिन्न जिल्लाहरूमा वर्षा भइरहेको छ । आज बिहीबार राति १२ः४५ बजेको मौसमी विवरण अनुसार काठमाडौँ, नुवाकोट, रसुवा, धादिङ र सिन्धुपाल्चोक आसपासका क्षेत्रमा हाल मध्यम स्तरको वर्षा भइरहेको छ ।
यी क्षेत्रहरूमा अझै थप वर्षा हुन सक्ने देखिएकाले सम्भावित जोखिमप्रति सजग रहन र आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । विशेष गरी बाढी प्रभावित र जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्क रहन आग्रह गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)