रसुवा बाढीप्रति इजरायली राजदूतद्वारा दुःख व्यक्त
ratopati.com · Wed Aug 26 20:01:08 GMT 2026

काठमाडौँ । नेपालका लागि इजरायली राजदूत शामुलिक एरी बासले रसुवा लगायत नेपालका विभिन्न भागमा आएको विनाशकारी बाढीप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
राजदूत बासले बाढीबाट प्रभावित सबै नागरिकहरूप्रति आफ्नो सहानुभूति प्रकट गर्दै यस कठिन परिस्थितिको सामना गरिरहेका परिवार र समुदायप्रति ऐक्यबद्धता जनाएका छन् । विपद्को यस चुनौतीपूर्ण घडीमा आफ्नो सद्भाव र प्रार्थना नेपाल र नेपाली जनताको साथमा रहेको उनले उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)