चीनले ५० देशलाई विनाभिसा प्रवेश दिँदा नेपाल त्यसमा अटाएन
himalpress.com · Sun Jul 12 15:26:06 GMT 2026

काठमाडौँ- उत्तरी छिमेकी चीनले कोभिड-१९ महामारीपछि लगातार रुपमा पर्यटन, व्यापार र अन्तर्राष्ट्रिय आवागमनलाई तीव्र गतिमा पुनर्जीवित गर्न विभिन्न ५० देशका साधारण राहदानीधारी नागरिकलाई ३० दिनसम्म भिसाविना प्रवेश दिने व्यवस्था विस्तार गरेको छ। यो निर्णय फेब्रुअरी २०२६ देखि लागू भएको हो, जसमा अमेरिकी, युरोपेली देशमात्र नभएर एसियाली देशहरु पनि समावेश गरिएको छ।
तर, चीनसँग खुला सीमा जोडिएको, दशकौँदेखि ‘असल छिमेकी, असल मित्र र असल साझेदार’ को सम्बन्ध रहेको नेपाल भने यो सूचीमा परेको छैन। हुन त पाकिस्तान, बंगलादेश, श्रीलकालगायत दक्षिण एसियाली छिमेकीहरू पनि बाहिरै छन्। भिसामुक्त देशहरूको सूची युरोपका फ्रान्स, जर्मनी, इटाली, स्पेन, बेलायत, स्वीडेन, रूसलगायत गरि ३५ देश छन् भने एसियाबाट जापान, दक्षिण कोरिया, साउदी अरेबिया, कुवेत, ओमान, बहारिन, ब्रुनाइ छ। त्यस्तै चीनले अमेरिका, क्यानडा, ब्राजिल, अर्जेन्टिना, चिली, पेरु, उरुग्वे, अस्ट्रेलिया, न्यूजिल्यान्डलाई पनि यो सूचीमा राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)