बझाङमा जीप दुर्घटनाका घाइतेको उपचारका लागि प्रत्येक स्थानीय तहले साढे दुई लाख सहयोग गर्ने
nepalpress.com · Sun Jul 12 15:25:45 GMT 2026
बझाङ । बझाङको केदारस्युँ गाउँपालिका-७ सुगुरेमा हिजो (असार २७ गते) भएको जीप दुर्घटनाका गम्भीर घाइतेहरूको उपचारका लागि जिल्लाका सबै स्थानीय तहले आर्थिक सहयोग गर्ने भएका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उपचार र हेलिकप्टर चार्टर लगायतमा ठूलो खर्च हुने देखिएकाले जिल्लाका प्रत्येक स्थानीय तहले कम्तीमा २ लाख ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।