राप्तीमा बेपत्ता एकजनाको शव फेला
baahrakhari.com · Sun Jul 12 15:25:42 GMT 2026

नेपालगन्ज । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एकजनाको शव आज फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार डुडुवा गाउँपालिका–५ का ९ वर्षीय शुलभ रावतको शव फेला परेको हो । सोही स्थानकी ११ वर्षीया खुशी सिजापतिको खोजी कार्य जारी रहेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले उनको खोजी गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)