कुवेत र इराकका नेपालीलाई दूतावासको आग्रहः हवाई आक्रमणका दृश्य सामाजिक सञ्जालमा शेयर नगर्नुहोस्
techpana.com · Sun Jul 12 15:32:21 GMT 2026

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले कुवेत तथा इराकमा रहेका नेपाली नागरिकहरूलाई हवाई आक्रमण, प्रतिरक्षासम्बन्धी घटना र घटनास्थलका तस्बिर तथा भिडियो नखिच्न र सामाजिक सञ्जालमा पोस्ट वा शेयर नगर्न आग्रह गरेको छ । आइतबार सूचना जारी गर्दै दूतावासले कुवेत सरकारले जारी गरेका सुरक्षा निर्देशन पूर्ण रूपमा पालना गर्न सबै नेपालीलाई अनुरोध गरेको हो ।
मध्यपूर्वमा अमेरिका र इरानबिचको तनाव पुनः चर्किन थालेपछि दूतावासले यस्तो अनुरोध गरेको हो । कुवेत, इराक, संयुक्त अरब इमिरेट्स लगायत मध्यपूर्वका देशहरूले इरानबाट हुने आक्रमण तथा घटनास्थलहरूको फोटो र भिडियो सामाजिक सञ्जालमा पोस्ट तथा शेयर गर्न कडा प्रतिबन्ध लगाएका छन् । कडा सामाजिक सञ्जालसम्बन्धी कानुन उल्लङ्घन गर्दै यस्ता सामग्री सार्वजनिक गर्नुलाई राष्ट्रिय सुरक्षामाथि असर पुर्याउने कार्य मानिन्छ । यस्तो कसुरमा दोषी ठहरिए जेल सजाय वा विदेशी नागरिक भए देशनिकालासमेत हुन सक्ने व्यवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)