मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
shilapatra.com · Sun Jul 12 16:06:09 GMT 2026

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आएको बाढीका कारण मोदी खोलाको पानीको सतह एक्कासि बढ्दा नदी किनारका दुई घरमा क्षति पुगेको छ । बाढीका कारण अन्नपूर्ण गाउँपालिका–८ र १० को सीमाना स्याउलीबजारमा रहेको दीलिप गुरुङको घर र होटल पूर्ण रूपमा बगाएको छ ।
यसैगरी स्थानीय जगन पुनको रेस्टुरेन्टमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए । उनका अनुसार मोदी खोलाको कटानका कारण नयाँपुल–घान्द्रुक सडक पूर्ण रूपमा बन्द भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)