बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी
ratopati.com · Sun Jul 12 16:19:50 GMT 2026

बागलुङ । बागलुङ बजारको खानेपानी समस्या समाधान लागि लिफ्टिङ आयोजना सुरु गरेको आठ वर्ष बित्यो । अघिल्लो वर्ष नै आयोजनाको ९६ प्रतिशत काम सकिए पनि अहिलेसम्म निर्माण कम्पनीले नगर खानेपानी संस्थालाई हस्तान्तरण गर्न सकेको छैन ।
अहिले बागलुङ बजारका धारामा धमिलो पानी आउँदा स्थानीयले शुद्धीकरण नगरी पिउन सक्दैनन् । खानेपानी तथा ढल निकास विभागमार्फत काठेखोलाबाट लिफ्ट गरी बजारमा पानी ल्याउनका लागि २०७५ सालमा ठेक्का लगाएको थियो । विसं २०७७ मा सक्ने गरी ‘कन्काई, जयमाता जेभीले रु ३० करोड २६ लाखमा जिम्मा लिएको थियो । तोकेको समयमा काम नसकेपछि लागत बढेर रु ३४ करोड ६५ लाख लागत मूल्य पु¥याइसकेको छ । तर निर्माण कम्पनीले अझै योजना हस्तान्तरण गर्न सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)