‘ब्लु बस’ को रंग हरियो नै हुने, साझाले भन्यो : हाम्रा बसको ब्रान्ड कलर चलाउँदैनौँ
techpana.com · Sun Jul 12 16:17:18 GMT 2026

काठमाडौं । साझा यातायातका ‘ब्लु बस’ को रंग हरियो नै हुने भएको छ । सरकारले महिला यात्रुले मात्रै चढ्न पाउने भन्दै काठमाडौं उपत्यकामा साझा यातायातका केही बसलाई ब्लु बसको रुपमा सञ्चालन गर्ने तयारी थालेको छ । नाम नै ब्लु बस भएकाले यी बसको रंग पनि नीलो हुने भन्दै प्रचार प्रसार भइरहेको छ । तर साझा यातायातका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भूपेन्द्र अर्यालले भने साझा यातायातका बस ब्लु बसको रुपमा चलाउने तयारी भएपनि रंग भने साझा यातायातको ब्रान्ड कलर अर्थात् हरियो नै हुने जानकारी दिएका छन् ।
६४ वर्षदेखि साझा यातायातले आफ्नो ब्रान्ड कलर अर्थात् हरियो रंग पोतिएका गाडी चलाउँदै आएकाले ब्लु बसको रंग फेर्ने कुरा हल्ला मात्रै भएको उनको भनाई छ । सामाजिक सञ्जालमा भाइरल भइरहेका एआई निर्मित फोटोको विश्वास नगर्न पनि उनले आग्रह गरेका छन् । महिला मात्रै चढ्ने बस हो भनेर बुझाउनको लागि बसमा स्टिकर टाँस्ने वा थोरै भागमा कुनै संकेतसहित फरक रंग लगाउन सीईओ अर्यालको भनाई छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)