एमबाप्पेको ह्याट्रिकमा रियल मड्रिडको सानदार जित
ratopati.com · Wed Aug 26 21:06:16 GMT 2026
काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत नेपाली समय अनुसार बिहीबार बिहान सम्पन्न खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई ४–१ गोल अन्तरले पराजित गर्दै सानदार जित निकालेको छ । यो सिजनको लगातार दोस्रो खेलमा जित निकाल्दै रियल मड्रिड ६ अंकका साथ तालिकाको पहिलो स्थानमा रहन सफल भएको छ ।
रियल मड्रिडको जितमा स्टार स्ट्राइकर केलियन एमबाप्पेले ह्याट्रिक पूरा गरे । एमबाप्पेले खेलको ४० औँ, ६० औँ र ८० औँ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए । यस्तै, टोलीका लागि भिनिसियस जुनियरले खेलको ६८ औँ मिनेटमा थप एक गोल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)