नेपालको बाढीप्रति विश्व समुदायको ऐक्यबद्धता, कुन देशले के भने ?
ratopati.com · Wed Aug 26 21:43:46 GMT 2026

काठमाडौँ । नेपालमा बुधबार बिहान आएको विनाशकारी बाढी र पहिरोका कारण १५७ नागरिकको ज्यान गएको विपद्प्रति विश्वका विभिन्न मुलुकहरूले गहिरो दुःख व्यक्त गर्दै सहयोगको प्रतिबद्धता जनाएका छन् । बाढीका कारण सयौँ पर्यटकहरू बेपत्ता भएको र जसमा बेलायतका ३३ जना नागरिक समेत रहेको प्रति चिन्ता व्यक्त गर्दै अन्तर्राष्ट्रिय समुदायले नेपाललाई आवश्यक मानवीय सहायता उपलब्ध गराउन तयार रहेको बताएका हुन् ।
छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई सम्भावित सबै प्रकारका मानवीय सहायता उपलब्ध गराउन आफ्नो देश तयार रहेको बताएका छन् । यस्तै, संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयले पनि आफूहरू नेपाल सरकारको सम्पर्कमा रहेको र सहयोगका लागि तयारी अवस्थामा रहेको जनाएको छ । युरोपेली संघ (ईयू) की अध्यक्ष उर्सुला भोन डेर लेयनले समेत नेपालका लागि थप युरोपेली सहायता परिचालन गर्न ईयू तयार रहेको प्रतिबद्धता व्यक्त गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)