डलरको भाउ घट्दा युरोको बढ्यो
merolifestyle.com · Wed Nov 16 06:14:21 GMT 2022
बुधबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १२९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३० रुपैयाँ ६ पैसा कायम गरिएको छ।
मंगलबार १ अमेरिकी डलरको खरिददर १२९ रूपैयाँ ७२ पैसा थियो भने बिक्रीदर १३० रूपैयाँ ३२ पैसा थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा २६ पैसा घटेको हो।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १३४ रुपैयाँ ७० पैसा र बिक्रीमा १३५ रुपैयाँ ३३ पैसा पाइन्छ। मंगलबार युरो एकको खरिदमा १३३ रुपैयाँ ७३ पैसा र बिक्रीमा १३४ रुपैयाँ ३५ पैसा कायम गरिएको थियो।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ५९ पैसा र बिक्रीमा ८८ रुपैयाँ तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५५ पैसा र बिक्रीमा ९८ रुपैयाँ पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५३ रुपैयाँ १९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ९० पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ४१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६० पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ २५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ४१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रुपैयाँ ५३ पैसा र बिक्रीमा २८ रुपैयाँ ६६ पैसा पाइन्छ।
बुधबार कुवेती दिनार एकको खरिदमा ४२० रुपैयाँ ६८ पैसा र बिक्रीमा ४२२ रुपैयाँ ६३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४३ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३४५ रुपैयाँ ८ पैसा तोकिएको छ।
यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात
Leave a Reply Cancel reply
Your email address will not be published. Required fields are marked *
प्रतिकृया *
Save my name, email, and website in this browser for the next time I comment.
स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)