फर्नान्डेस र खाडिजालाई पिएफए प्लेयर अफ द इयर अवार्ड
barnanmedia.com · Wed Aug 26 22:22:00 GMT 2026
म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेस र म्यानचेस्टर सिटीकी फरवार्ड खाडिजा शाले प्रोफेसनल फुटबलर एसोसिएसन (पिएफए) को वर्षको उत्कृष्ट पुरुष र महिला खेलाडीको अवार्ड जित्नुभएको छ ।
दुवै जना यसअघि २०२५-२६ को सिजनका लागि फुटबल राइटर्स एसोसिएसन (एफडब्ल्युए) का वर्षका उत्कृष्ट पुरुष र महिला खेलाडीसमेत घोषित हुनुभएको थियो । पोर्चुगिज मिडफिल्डर फर्नान्डेसले गत सिजन प्रिमियर लिगको एकै सिजनमा सर्वाधिक २१ वटा असिस्ट गर्ने कीर्तिमान रच्नुभएको थियो र उहाँ सन् २०१० मा वाइन रुनीपछि यो अवार्ड जित्ने पहिलो युनाइटेडका खेलाडी बन्नुभएको छ । म्यानचेस्टर सिटीलाई च्याम्पियन बनाउन २१ गोलसहित लगातार तेस्रोपटक महिला सुपर लिग (डब्ल्युएसएल) को गोल्डेन बुट जितेकी शाका लागि यो तीन वर्षमा दोस्रोपटकको पिएफए अवार्ड हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)