चेम्बरद्वारा सहजीकरण डेस्क स्थापना
ratopati.com · Wed Sep 02 10:47:19 GMT 2026

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले सहजीकरण डेस्क स्थापना गरेको छ । विपद्बाट सिर्जित विषम परिस्थितिका कारण अत्यावश्यक सामग्रीको ढुवानी तथा आपूर्ति कार्यमा उद्यमी व्यवसायीलाई पर्न गएको असहजतालाई मध्यनजर गर्दै सहजीकरण डेस्क स्थापना गरिएकाे हाे ।
चेम्बरले जमलस्थित सचिवालयमा सहजीकरण डेस्क स्थापना गरेको हो । पृथ्वी राजमार्गलगायत देशका केही महत्त्वपूर्ण सडक सञ्जाल अवरुद्ध भई उद्योगी व्यवसायीलाई ढुवानी तथा आपूर्ति कार्यमा बाधा उत्पन्न भएकाले उक्त डेस्क स्थापना गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)