मुस्ताङमा स्याउ टिप्न कार्य तालिका
ratopati.com · Wed Aug 26 22:30:24 GMT 2026

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा स्याउ टिप्ने कार्य तालिका सार्वजनिक गरिएको छ । छिटो पाक्ने स्याउ यही भदौ १५ गतेदेखि टिप्नुपर्नेछ । यस्तै ढिलो पाक्ने स्याउ भने यही भदौको चौथो सातापछि मात्रै टिप्न पाइने तालिका तय गरिएको हो ।
उक्त कार्य तालिका कार्यान्वयनमा लैजान सबै स्थानीय तह, कृषक र व्यापारीलाई अनुरोध गरिएको कृषि तथा पशु सेवा विकास कार्यालय मुस्ताङका प्रमुख डा लालमणि अर्यालले जानकारी दिए । मुस्ताङका किसानले स्थानीय र हाइब्रिड स्याउ खेती गर्दै आएका छन् । स्याउको ‘सिजन’ सुरु भएसँगै व्यापारी मुस्ताङ आउन थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)