भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति प्रधानमन्त्री शाहले दुःख व्यक्त गर्दै उद्धार, खोज तथा राहत कार्यलाई अझ तीव्र बनाउने प्रतिबद्धता जनाए
barnanmedia.com · Wed Aug 26 23:33:49 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति प्रधानमन्त्री बालेन्द्र शाहले दुःख व्यक्त गर्दै उद्धार, खोज तथा राहत कार्यलाई अझ तीव्र बनाउने प्रतिबद्धता जनाएका छन्।
प्रधानमन्त्री शाहले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले प्रभावित नागरिकलाई यो कठिन अवस्थामा सरकार एक्लै नछोड्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)