कर्णाली प्रदेश पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
barnanmedia.com · Wed Aug 26 23:44:37 GMT 2026

कर्णाली प्रदेश पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय वीरेन्द्रनगरको आयोजनामा बुधबार कर्णाली प्रदेशलाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा हुनुको प्रमुख श्रेय स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीलाई जाने बताउनुभयो । पूर्णखोप सुनिश्चितताका आवश्यक सूचक तथा मापदण्ड पूरा गरेपश्चात् गरिएको घोषणाको दिगोपना सबैभन्दा ठूलो चुनौती भएको बताउँदै उहाँले यसलाई सामना गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)