विध्वंसक बाढीले विपत्ति
gorkhapatraonline.com · Wed Aug 26 23:50:08 GMT 2026

रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक भीषण बाढीपहिरोले अकल्पनीय जनधनको क्षति पु-याएको छ । यस विपत्बाट रसुवासहित नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपरासीपूर्वसम्म प्रभावित भएको छ । बाढीमा परी मृत्यु भएका १५७ जनाको शव फेला परेको छ । फेला परेका शवमध्ये १५ जनाको पहिचान खुल्न बाँकी छ ।
गृह मन्त्रालयका अनुसार हालसम्म चितवनमा ६४, धादिङमा २७, नुवाकोटमा १३, गोरखामा १९, तनहुँमा नौ, रसुवामा तीन र नवलपरासीपूर्वमा २२ जनाको शव फेला परेको छ । विभिन्न स्थानमा खोज तथा उद्धार जारी छ । सम्पर्कविहीन र बेपत्ता व्यक्तिको सङ्ख्या अत्यधिक रहेकाले मृतकको सङ्ख्या निकै बढ्ने अनुमान सुरक्षा निकायले गरेको छ । बाढीमा परी घाइते ९३ जनाको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उद्धार कार्यमा राज्यका सबै संयन्त्र परिचालन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)