भोटेकोशी बाढीले बगाएका नौ शव तनहुँमा भेटिए
khabarhub.com · Thu Aug 27 00:08:47 GMT 2026

दमौली : रसुवामा बुधबार आएको बाढीले बगाएर ल्याएका नौ वटा शव तनहुँमा फेला परेका छन् । तीमध्ये केही शव क्षतविक्षत अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार अहिलेसम्म रसुवा बाढीले बगाएर ल्याएका नौ वटा शव भेटिएका छन् । बाढीबाट तनहुँमा अन्य क्षति भएको विवरण भने हालसम्म प्राप्त नभएको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)