उमेरले छेक्न नसकेको युक्तिको तरकारी खेतीको जाँगर
barnanmedia.com · Wed Aug 26 23:58:47 GMT 2026

बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका युक्ति चौधरी ६५ वर्ष पुग्नुभयो । उमेरले विश्राम खोज्ने बेला भए पनि उहाँको जोस र जाँगर भने तन्नेरीको जस्तै छ । बिहान सबेरै उठेर तरकारी बारी पस्ने उहाँ बेलुका अबेरसम्म पनि उतै व्यस्त हुनुहुन्छ ।
बिहानै बारीमा पसेर काँक्रा, बोडी, घिरौँला, लौका, सागपात, खोर्सानी र गोलभेँडाको स्याहार गर्दागर्दै उहाँलाई समय बितेको पत्तै हुँदैन । तरकारी बारीमा दिन बिताउने चौधरीलाई उमेरले काम गर्न छेकेको छैन । चौधरीको लयमा श्रीमती, छोरा, बुहारी पनि कृषि कर्ममा जुट्दै आउनुभएको छ । परिवारका सबै सदस्यको साथ पाएपछि तरकारी खेतीबाट राम्रो आम्दानी भइरहेको चौधरी बताउनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)