भोटेकोशी बाढी पीडितको उद्धारका लागि जय नेपाल पार्टीले गर्यो साढे ६ लाख सहयोग
ratopati.com · Wed Sep 02 10:56:33 GMT 2026

काठमाडौँ । जय नेपाल पार्टीले भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि ६ लाख ५१ हजार ६ सय ७६ रुपैयाँ सहयोग गरेको छ ।
पार्टीले उक्त रकम बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । बाढीबाट ठुलो मानवीय क्षति भएको कठिन घडीमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको पार्टीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)