एकै दिन १७ सयभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
gorkhapatraonline.com · Wed Sep 02 10:59:16 GMT 2026

अफगानिस्तानको आधिकारिक रेडियो तथा टेलिभिजन (आरटीए)ले रिपोर्ट गरे अनुसार सोमबार एकै दिन एक हजार ७५० भन्दा जना बढी अफगान शरणार्थी आफ्नो मातृभूमि अफगानिस्तान फर्केका छन् ।
तीमध्ये एक हजार ४४९ जना पाकिस्तानबाट फर्केका छन् भने बाँकी ३०६ जना इरानबाट फर्केका हुन । अफगानिस्तानमा विदेशमा बसोबास गर्ने अनुमानित ६० लाख नागरिक छन्, जसमा अधिकांश इरान र पाकिस्तानमा छन्, जसको कानून बमोजिम औपचारिक कागजात छैनन् । रासस/सिन्ह्वा
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)