टर्कीमा दुई व्यापारिक जहाज ठोक्किदा दश जना बेपत्ता
gorkhapatraonline.com · Wed Sep 02 10:55:19 GMT 2026

टर्कीको इस्ताबुलमा दुई वटा व्यापारिक जहाज ठोक्किएको जनाइएको छ । टर्कीको इस्तानबुल स्थित मर्मारा सागरमा दुई वटा टर्कीको झण्डा बहाक व्यापारिक जहाज ठोक्किदा १० जना चालक दलका सदस्य बेपत्ता भएको अधिकारीहरूले बुधबार बताएका छन् ।
दुर्घटना बुधबार बिहान ३:०० मा भएको इस्तानबुलको सिलिव्री जिल्लाको दक्षिणमा, इस्तानबुल गभर्नरको कार्यालयले विज्ञप्तिमा उल्लेख गरेको छ । यस घटनामा उत्तरपश्चिमी प्रान्त कोकेलीबाट इजमिर प्रान्तको अलियागा जिल्लासम्म यात्रा गरिरहेको व्यापारिक जहाज अल्सु र तुर्कको कालो सागरको तटमा रहेको इस्केनडरुनको दक्षिणी बन्दरगाहबाट काराडेनिज एरेग्लीसम्म यात्रा गरिरहेको तुग्बर्क इमामोग्लु सकावेश रहेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)