बाढीमा परी ज्यान गुमाउनेहरूको सङ्ख्या १५७ पुग्यो , ४७ शवको पहिचान खुल्न बाँकी
hamrakura.com · Thu Aug 27 00:00:00 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण विभिन्न जिल्लाहरूमा बगेर आएका शवहरू फेला पर्ने क्रम बढेको छ। नेपाल प्रहरीले दिएको आधिकारिक जानकारी अनुसार बाढीमा परी ज्यान गुमाउनेहरूको कुल संख्या १५७ पुगेको छ।
प्रहरीले उपलब्ध गराएको विवरणअनुसार हालसम्म फेला परेका शवहरूमा ३४ जना महिला, ६३ जना पुरुष, ६ जना बालिका, ७ जना बालक रहेका छन् भने ४७ वटा शवको पहिचान अझै खुल्न सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)